तनहुँ । व्यास नगरपालिकाले विपन्न वर्गका व्यक्तिले पक्की घर बनाउँदा घरको नक्सा निःशुल्क निर्माण गरिदिन थालेको छ । उक्त सुविधा प्रदान गरेसँगै ५ जनाले निःशुल्करूपमा नक्सा पास गराइ घर निर्माण गरिहेको नगरपालिकाले जनाएको छ । नागरिकको आर्थिक समस्यालाई मध्यनजर गर्दै केही सहज बनाउन लागिएको नगरपालिका घर नक्सा निर्माण शाखाका सहायक इञ्जिनियर सञ्जय तिमिल्सेनाले जानकारी दिए…