लोमान्थाङ खोलामा पक्की पुल निर्माण

म्याग्दी। कालीगण्डकी ‘करिडोर’ बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित लोमान्थाङ खोलामा पक्की पुल निर्माण भएको छ। बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत लोमान्थाङ खोलामा मोटर चल्ने पुल निर्माण भएको हो। पुल निर्माण भएपछि बाह्रै महिना यातायातका साधन सञ्चालन गर्न सहज भएको छ। पुल चार करोड ६८ लाख रूपैयाँ दुई हजारको लागतमा निर्माण भएको हो। पुल निर्माण पूरा गरी हस्तान्तरण…