महाकालीको पक्की पुलले बेरोजगार युवालाई दियो रोजगारी

बेदकोट । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ का ५५ वर्षीय कृष्णदत्त पन्त तीन वर्षअघि बेरोजगार थिए । उनी फुर्सदिलो समयमा पशुचौपाया चराएर दिन बिताउथे। हाल कृष्णदत्तको दैनिकी फेरिएको छ । महाकाली नदीमा पक्की पुल निर्माणका साथै दोधारा चाँदनीको ग्रामीण क्षेत्र सडक सञ्जाल पुगेपछि उनी रोजगारीमा जोडिएका हुन् । “पक्की पुल बनेपछि अटो किनेर चलाइरहेको छुँ, राम्रो…