राजधानी नजिकैको गाउँ, सहज सडक पहुँचले मुहार फेरिँदै

भक्तपुर । कमलविनायकबाट करिब तीन सय मिटर अगाडि नेपाली सेनाको सैनिक प्रतिष्ठानदेखि उत्तरपट्टि पर्ने पुरानो बस्ती चाँगुनारायण नगरपालिका ५ छालिङमा सडक सहज पहुँचसँगै मुहार फेरिन थालेको छ । नेपाली सेनाको सैनिक प्रतिष्ठान ब्यारेक पछाडिबाट सुरु हुने घना ग्रामीण बस्ती रहेको छालिङ गाउँ कमलविनायकबाट तीन किलोमिटरको दूरीमा छ । भक्तपुरको ग्रामीण क्षेत्रमा नयाँ विकासका आयोजना थपिँदा…