पैदल हिँड्न पनि गाह्रो हुने सडकमा गाडी कसरी गुड्छन् ?

बागलुङ । राष्ट्रिय प्राथमिकताको योजना सालझण्डी–ढोरपाटन सडकको बागलुङ खण्डमा ट्र्याक खुलेको ८ वर्ष वितिसक्दा पनि स्तरोन्नतिको काम सम्पन्न भएको छैन । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनलाई जोड्न निर्माण भएको उक्त सडक अहिलेसम्म स्तरोन्नति हुन नसक्दा स्थानीय र पर्यटकले वर्षौँदेखि सास्ती खेप्दै आएका छन् । सरकारले तराई–पहाड जोड्नका लागि बनाएको योजनाको काम कछुवागतिमा भइरहेको छ…