काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकबाट बागमती प्रदेशको राजधानी हेटौँडा जोड्ने छोटो दुरीको सडक निर्माण सुरु भएको छ। रोशी गाउँपालिकाअन्तर्गत बिपी राजमार्गको कटुञ्जेबाट खार्पाचोक लेखपानी-सुँगुरे-बूढाखानी-फोक्सिङटार-गोकुले-तालढुङ्गा हुँदै हेटौँडासम्म प्रादेशिक सडक निर्माण सुरु गरिएको हो। बागमती प्रदेश सरकारले उक्त सडक आयोजनाका लागि गत आर्थिक वर्षमा ९४ करोड ६९ लाख रूपैयाँ सुनिश्चित गरेको थियो। चालु आवमा सात करोड रूपैयाँ विनियोजन गरी…