काठमाडौं । त्रिशूली नदीमा भारतीय नम्बर प्लेटको जिप खसेको छ। नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकबाट उक्त जिप त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। सेतो रंगको सिंगल क्याप जिप त्रिशूली नदीमा फेला परेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले बताए। 'बिहान राति नदीमा रातो बत्ती बलेपछि…