बन्यो म्याग्दीको बेनी–अर्थुङ्गे–पुलाचौर सडक पक्की

म्याग्दी- म्याग्दीको बेनी–अर्थुङ्गे–पुलाचौर सडक योजनाअन्तर्गत बेनीबाट पुरुण्डीसम्मको ६ किलोमिटर सडकलाई ढलान र कालोपत्र गरी पक्की बनाइएको छ। यो सडकले बेनी नगरपालिका–६, ५ र मङ्गला गाउँपालिकाको वडा नम्बर १ का बस्तीहरूलाई जिल्ला सदरमुकाम बेनीसँग जोडेको छ। बेनी नगरपालिकाका प्रमुख सुरत केसीले यो सडक नगरपालिकाको प्राथमिकताप्राप्त क्रमागत योजना भएको बताए। “बेनी–अर्थुङ्गे–पुलाचौर सडकले स्थानीय बस्तीहरूलाई सदरमुकामसँग जोड्न महत्त्वपूर्ण…