काठमाडौ - नागढुंगा–मुग्लिन सडक खण्ड (९४.६६ किमि) मा गत वर्षको बर्खामा करिब ५०० स्थानमा साना–ठूला पहिरो खस्दा ठूलो धनजनको क्षति भएको थियो। झ्याप्ले खोलामा पहिरोले माइक्रो र बस पुरिँदा ३५ जनाले ज्यान गुमाएका थिए। तर, सरकारको ढिलासुस्ती र ठेकेदारको सुस्त कार्यप्रगतिका कारण यो वर्षको बर्खामा पनि पहिरोको जोखिम उस्तै रहेको छ। सडक विभागका अनुसार यो…