हिमालय एयरलाइन्सले चीनको चिङताओमा नियमित उडान गर्दै

काठमाडौं । अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले चीनतर्फ गन्तव्य गरेको छ। हिमालय एयरलाइन्सले आइतबारदेखि चीनको चिङताओमा नियमित उडान गर्न लागेको हो। ‘चिङताओ चीनको पर्यटकीय गन्तव्य हो। हामीले यो उडानमार्फत दुवै देशमा पर्यटन प्रवर्धन गर्ने उद्देश्य लिएका छौं’ कम्पनीका एक कर्मचारीले भने,’ अहिले चिङताओबाट काठमाडौं आउने डाइरेक्ट फ्लाइट छैन। यो उडान चिनियाँ पर्यटकका लागि लक्षित छ।’…