सर्लाही। लखन्देही खोलाको बाँध भत्किएपछि आएको बाढीले सर्लाहीको मलङ्गवा नगरपालिका र कौडेना गाउँपालिकाका करिब १५ सय बिघा धानखेत डुबानमा परेका छन्। भर्खरै रोपिएको धानबाली पानीमुनि परेपछि किसान चिन्तित बनेका छन् भने केही बस्ती र गोठसमेत प्रभावित भएका छन्। सोमबार राति आएको बाढीले कौडेना गाउँपालिका–५ छपकैयास्थित बाँध भत्काएपछि बाढी बस्ती र खेतमा पसेको हो। डुबानका कारण…