काभ्रे । काभ्रेको भुम्लु गाउँपालिका–४ स्थित धारापानी हिले सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चन्द्रसिंह लामासहित तीन जनाविरुद्ध ९ लाख १४ हजार २८० रुपैयाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार अध्यक्ष लामासहित सचिव सङ्गीता चौलागाई, कोषाध्यक्ष माधवप्रसाद चौलागाईको आपसी मिलेमतोमा संयुक्त दस्तखतबाट समूहको बैङ्कमा रहेको खाताबाट अनियमित रूपमा…