वृद्धाको कानबाट सुन लुट्ने गिरी पक्राउ

लमजुङ । प्रहरीले लमजुङमा वृद्धाको कानबाट सुन लुटेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । प्रहरीले दोर्दी गाउँपालिका १, भारते एक्लेखेतका ३५ वर्षीय सन्तोष गिरीलाई नियन्त्रणमा लिएको हो । कात्तिक २८ गते गोवर्द्धन पूजाको राति छिमेकी ८५ वर्षीया विष्णुकुमारी थापाको कानको लोती चुँडाएर सुन लुटेको आरोपमा गिरीलाई बिहीबार नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ…