पोखरा । पोखरा महानगरपालिका–६ वैदामकी भावना रानाभाट पेशाले पर्यटन व्यवसायी हुन् । लेकसाइडको स्ट्रिट नम्बर २१ मा रहेको अक्टोबर इन होटल सञ्चालक रानाभाटको परिचयमा अहिले ‘कौसी क्विन’ उपमा थपिएको छ । होटलबाट निस्किएका कुहिने र नकुहिने फोहोर व्यवस्थापन गरी कौसी हराभरा बनाउन उनले चलाएको जाँगरले मूर्तरुप लिएको छ । मेहनत कौसीभरी हराभरा भइ फैलिएको छ…