ललितपुर । ललितपुर महानगरपालिकाले 'यल च्याटबट' सुरू गरेको छ। आइतबार महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ‘नक्सापास गर्न के के चाहिन्छ? नक्सापास हुन कति दिन लाग्छ?’ भनी प्रश्न सोधेर 'यल च्याटबट' सुरू गरेको महानगरपालिकाका सूचना अधिकारी देवप्रसाद गुरागाइँले जानकारी दिए। उनका अनुसार ललितपुर महानगरले नागरिकलाई दिने सेवा सुविधाबारे च्याटबटबाट सहजै जानकारी लिन सकिन्छ। 'महानगरको फेसबुक पेजमा गइ…