भन्सार छली ल्याएको सुनको ढिक्का, सिक्रीसहित ५ जना पक्राउ

काठमाडौं । अवैध रूपमा भन्सार छलि सुनको कारोबार गरेको अभियोगमा ५ जनालाई काठमाडौं महानगरपालिका-९ सिनामंगल शम्भुमार्गबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भोजपुर सालपासिलिछो गाउँपालिका-४ ठेगाना भएका २४ वर्षीय अमृतधन राई, सुनसरी ईनरूवा नगरपालिका-९ ठेगाना भएका ४४ वर्षीय नजिर मन्सुर, धनुषा हंसपुर नगरपालिका-८ ठेगाना भएका ४९ वर्षीय कारी ईसार केवट, खोटाङ रूपाकोट मजुवागढी नगरपालिका-१५…