स्याङ्जा । स्याङ्जा जिल्लाको भीरकोट नगरपालिकाले आँधीखोला किनार क्षेत्रमा परीक्षणका रुपमा तर्बुजाखेती सुरु गरेको छ । व्यवसायिक तर्बुजा खेतीको लागि सम्भाव्यता अध्ययन गर्न आँधीकोला किनार क्षेत्रमा खेती सुरु गरिएको हो । नगरपालिकाका मेयर गोविन्द कर्माचार्यका अनुसार हेफर इन्टरनेशनलसँगको सहकार्यमा भीरकोट कृषि तथा पशु विकास परियोजनामार्फत तर्बुजा खेतीको सम्भाव्यता अध्ययन गरी व्यावसायिक तर्बुजाखेती गर्ने लक्ष्य लिएको…