चन्द्रागिरी १४ का असिष्टेन्ट सवइन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको चन्द्रागिरी नगरपालिका–१४ वडा कार्यालयमा कार्यरत असिष्टेन्ट सवइन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले असिष्टेन्ट सवइन्जिनियर विजय लक्ष्मी पन्तविरुद्ध आज (आइतबार) विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको जानकारी दिए । भवन निर्माण सम्पन्न भएको प्रमाणपत्र दिने क्रममा सेवाग्राहीसँग घुुस माग गरेको भन्ने सूचना…