सम्पर्कमा आएका इमेज सहकारीका सञ्चालक भन्छन्- ‘आफ्नो सम्पत्ति बेचेर रकम फिर्ता गर्छु’

काठमाडौँ । बचतकर्ताको करिब डेढ अर्ब हिनामिना गरेर फरार रहेको आरोप लागेका इमेज बचत तथा ऋण सहकारीका सञ्चालक तथा ढोरपाटन नगरपालिकाका नगर प्रमुख देवकुमार नेपाली सम्पर्कमा आएका छन् । ६ महिनादेखि फरार रहेका नगर प्रमुख आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत एउटा भिडियो र केही व्यक्तिगत सम्पत्तिको तस्बिर र विज्ञप्ति सार्वजनिक गर्दै सम्पर्कमा आएका हुन ।…