भूकम्पपीडितमा देखिन थाल्यो स्वास्थ्य समस्या, बिहान देखि परेको पानीले जोखिम बढ्यो

रामीडाँडा । जिल्ला विपद् व्यवस्थापन समितिले भूकम्पपीडितलाई पुग्ने गरी राहत सामग्री पठाएको दाबी गरे पनि सबै भूकम्पपीडितकहाँ अझै राहत सामग्री पुगेको छैन। भूकम्पका कारण घरबिहीन बनेका प्रभावित खुला चौरमा त्रिपाल र खाद्यान्नको कुरिरहेका छन्। त्यसमाथि शनिबार बिहान पर्न थालेको पानीले थप जोखिम थपेको छ। भूकम्पले चर्किएका घर पानीले भत्काउने सम्भावना बढेको छ। त्रिपालबिना खुला चौरमा…