धनगढी । डडेलधुराकाे अमरगढी नगरपालिकाका वडा सचिव सडकमा मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार बैतडीकाे पाटन स्थायी घर भएका अमरगढी-१ का सचिव ५८ वर्षीय खगेन्द्रप्रसाद पन्त अमरगढी नगरपालिकाकै स्याउले नजिक खाल्डोमा मृत भेटिएका थिए । पन्तको से ५ प २८०३ नम्बरको मोटरसाइकल पनि खाल्डोमै भेटिएकाले दुर्घटनामा मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएकाे छ…