६०० प्रतिशत कर बढाएपछि नगरपालिकामा तालाबन्दी

बर्दिया । बर्दियाको राजापुर नगरपालिकाले लगाएको एकीकृत सम्पत्ति करप्रति असन्तुष्टि जनाउँदै विभिन्न राजनीतिक दलले पालिका कार्यालयमा तालाबन्दी गरेका छन् । नगरपालिकाले आमनागरिकको चाहनाविपरीत अत्यधिक कर वृद्धि गरेको भन्दै विरोधमा उत्रिएका उनीहरूले राजापुर बजारसमेत बन्द गराए । शुक्रबार नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा, नागरिक उन्मुक्ति, नेकपा एस, राष्ट्रिय जनमोर्चा र क्रान्तिकारी नेकपाले तालाबन्दीसँगै बजार बन्द गरेका…