श्रीमतीको हत्यामा सर्वश्वसहित जन्‍मकैद सजाय पाएका व्यक्ति २१ वर्षपछि पक्राउ

धादिङ । कर्तव्य ज्यान मुद्दामा सर्वश्वसहित जन्‍मकैद सजाय पाएका व्यक्ति २१ वर्षपछि पक्राउ परेका छन्। श्रीमतीको हत्याका कसुरदारलाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का एसपी नवराज अधिकारीले जानकारी दिए। पक्राउ पर्नेमा धादिङ ज्वालामुखी गाउँपालिका-१ घर भई रूपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहिया बस्ने ७० वर्षीय सूर्यबहादुर दवाडी छन्। उनलाई ब्युरोले सोमबार बेलहियाबाट पक्राउ गरेको हो। एसपी अधिकारीका…