काठमाडौं महानगरपालिकाले ४ हजार व्यक्तिलाई साइबर सेक्युरिटी तालिम दिने

काठमाडौ । काठमाडौं महानगरपालिकाले ४ हजार व्यक्तिलाई साइबर सेक्युरिटी तालिम दिने भएको छ । ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ गौरव योजनाअन्तर्गत १५ हजार व्यक्तिलाई तालिम दिने र पाँच हजार व्यक्तिलाई रोजगारीमा आवद्ध गराउने लक्ष्य रहेको भन्दै २ माघबाट तालिम सुरु गर्ने महानगरले जनाएको छ । काठमाडौं महानगरले इसी काउन्सिल र ग्याप टेक्नोलोजिजसँगको सहकार्य गरेर…