इलाम । भारतको दमदम जेलमा ४० वर्ष बसेपछि निर्दोष साबित भई २०७७ मा नेपाल फर्केका इलामको माई नगरपालिका–१० लुम्बाकका ६४ वर्षीय दुर्गाप्रसाद शर्मा तिम्सिना ६ महिनादेखि अस्पतालमै छन्। ०७७ चैतमा नेपाल ल्याइएका उनलाई गत वर्ष परिवारले चितवनको खैरहनी नगरपालिका–११ स्थित ब्युटिफुल माइन्ड इन्स्टिच्युट अफ् साइक्याट्रिनमा उपचारका लागि भर्ना गराएका थिए। ६ महिनाअघि नै उनको स्वास्थ्यमा…