विद्यालयमा एक दम्पतीले गरे २० लाखको अक्षयकोष स्थापना

नवलपरासी । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को देवचुली नगरपालिकामा रहेको विद्यालयमा एक दम्पतीले रु. २० लाखको अक्षयकोष स्थापना गरेका छन् । देवचुली-७ रामबासका तीर्थराज न्यौपाने र भवानी न्यौपानेले स्थानीय भीमसेन आदर्श नमुना माध्यमिक विद्यालयमा ‘शर्मिला न्यौपाने (गुलाटी) स्मृति अक्षयकोष’ स्थापना गरेका हुन् । न्यौपाने दम्पतीले आफ्नी स्वर्गीय छोरी शर्मिला न्यौपानेको स्मृतिमा रु. २० लाख पाँच सय ५५ को…