२ दिन हिडेर, एकदिन बास बसेर बृद्ध भत्ता लिनुपर्ने बाध्यता

मुगु । मुगुको मुगूम कार्मारोङ गाउँपालिका–१ चितै गाउँका ७६ वर्षीया मुन्जुक लामालाई सामाजिक सुरक्षाभत्ता लिन चितै गाउँबाट गाउँपालिका केन्द्र पुलुमा पुग्न ठ्याक्कै एक दिन हिड्नुपर्छ । सामाजिक सुरक्षा भत्ता बुझ्न उनले हरेक तीन महिनामा यस्तै सास्ती खेपेर पुलुमा रहेको राष्ट्रिय वाणिज्य बैंकमा आइपुग्नुपर्छ । बैंंकमार्फत् सामाजिक सुरक्षाभत्ता वितरणपछि ज्येष्ठ नागरिकलाई समस्या उत्पन्न भएको छ । बैंकहरु गाउँपालिका,…