ड्यूटीमा रहेका प्रहरी हवल्दार मृत फेला

संखुवासभा । संखुवासभा जिल्ला कारागारमा ड्यूटीमा रहेका प्रहरी हवल्दार डिकबहादुर तामाङ मृत फेला परेका छन् । तामाङले गएराती १० बजेदेखि बिहान २ बजेसम्म ड्यूटी गरेका थिए । ड्युटी सकेर सुत्न पुगेका उनी ड्रेसमै सुतेको पाइएको छ । ‘उहाँले १० बजेदेखि २ बजेसम्मको ड्यूटी गर्नुभएको हो । ड्रेस नफुकाली सुत्नु भएको रहेछ । बिहान पौने पाँच…