प्युठान । प्युठानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । स्वर्गद्वारी नगरपालिका-५ आमडाँडास्थित सडकमा लु.२ च ६१ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर बिहीबार दिउँसो दुर्घटना भएको हो । दुर्घटनामा जिपमा सवार सोही नगरपालिका-५ डाँडागाउँ बस्ने ६८ वर्षीया झमी घर्ती मगरको मृत्यु भएको…