जनकपुर । मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री वीरेन्द्रप्रसाद सिंहले प्रदेशलाई किशोरीमैत्री बनाउने योजनाका साथ यहाँका किशोरीहरूलाई साथी बनाएका छन्। मधेस प्रदेशको पर्सा जिल्लास्थित पर्सागढी नगरपालिकामा ‘म बालिका हो, दुलही होइन’ अभियानमा सम्बद्ध सामुदायिक विद्यालयका छात्राहरूले बिहीबार स्वास्थ्यमन्त्री सिंहलाई भेटेर साथी बन्न आह्वान गरेपछि मन्त्री सिंहले उनीहरूको प्रस्ताव स्वीकार गरेका हुन्। यहाँका ११० जना किशोरीहरूले भिजन…