रुस–युक्रेन युद्धमा कैलालीका शाहको मृत्यु, कुसको शव बनाएर अन्तिम संस्कार

कैलाली । रुस–युक्रेन युद्धमा परी कैलालीका भरत शाहको मृत्यु भएको छ । ३ महिना अघि रुसी सेनामा भर्ना भएका टीकापुर नगरपालिका–१ दुर्गानगरका ३६ वर्षीय शाहको मृत्यु भएको हो । शुक्रबार उनको मृत्युको खवर पाएका परिवारले आइतबार कुसको शव बनाएर स्थानीय परम्पराअनुसार टीकापुरस्थित दौलतपुर घाटमा अन्तिम संस्कार गरेका छन् । उनको परिवारमा श्रीमति, चार वर्षको छोरा,…