बालविवाह मुक्त पालिका घोषणा गर्न कार्यविधि जारी

महोत्तरी । पिपरा गाउँपालिकाले पालिकालाई बालविवाह मुक्त पालिका घोषणा गर्नका लागि ‘बालविवाह मुक्त पालिका कार्यविधि २०८०’ जारी गरेको छ। सोमबार आयोजित बालविवाहविरुद्धको बृहत् भेलामा पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादवले पिपरालाई बालविवाह मुक्त बनाउन कार्यविधि बनाइ जारी गरिएको बताए। ‘बालविवाह, जीवन तवाह’ मूल नाराका साथ ‘बालविवाहविरुद्धको बृहत् भेला’को आयोजना गरिएको थियो। अध्यक्ष यादवले आउँदो असार मसान्तसम्ममा…