जंगली हात्तीकाे आक्रमणबाट ३ जनाकाे मृत्यु

विराटनगर । कोशी प्रदेशका विभिन्न जिल्लामा जंगली हात्तीका कारण मानवीय र भौतिक क्षति बढेको छ । केही दिनयता झापा, सुनसरी र मोरङमा गरी हात्तीको आक्रमणबाट तीनजनाले ज्यान गुमाएका छन् । गत शुक्रबार झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो । हल्दीबारी गाउँपालिका–३ स्थित रणकाली सामुदायिक वनका चौकीदार ४० वर्षीय धनबहादुर वनलाई हात्तीले आक्रमण गरेको…