बलेवा । बजेट अभावले कालीगण्डकी करिडोर आयोजना बागलुङ(हर्मिचौर खण्डको काम सुस्त भएको छ। निर्माण व्यवसायीले कामको भुक्तानी समयमा नपाउँदा करिडोर कालोपत्रको काम सुस्ताएको हो। बागलुङको मालढुंगाबाट छिमेकी जिल्ला गुल्मीको हर्मिचौरसम्मको ५४ किलोमिटर सडक कालोपत्रको काम रोकिने अवस्थामा पुगेको हो। भएको कामको समयमा भुक्तानी नहुने भएपछि निर्माण व्यवसायीले काम रोकेको जनाएका छन्। एक वर्ष पहिलेदेखि कालोपत्रको…