काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर लैजान लागेको सुनसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१६ बालाजु ठेगाना भएका ४० वर्षीय संगीत केसी र ४२ वर्षीया सुनिता श्रेष्ठ केसी छन् । प्रहरीले उनीहरुको साथबाट करिब १८६ ग्राम सुनजस्तो देखिने धातु फेला पारेको छ । नेपाल एयरलाइन्सको उडानद्वारा बैंककबाट काठमाडौं आएका…