अगौटे सुन्तला घरबाटै प्रतिकिलो ९० रुपैयाँमा बिक्री

चितवन । चितवनको पहाडी क्षेत्र इच्छाकामना गाउँपालिकामा उत्पादन भएको सुन्तलाले आकर्षक मूल्य पाउन थालेको छ । उचित मूल्य पाउन थालेपछि किसान उत्साहित भएका छन् । सुन्तला पर्याप्त उत्पादन हुने यस क्षेत्रका किसानले सुरुआतमै अगौटेबाट राम्रो आम्दानी लिन सफल भएका छन् । इच्छाकामना गाउँपालिका–५ का रामप्रसाद बोहोरा अघिल्ला वर्षको तुलनामा अहिले सुन्तलाले उचित मूल्य पाएको बताउँछन्…