परालले छोपिएको अवस्थामा महिलाको शव फेला

जनकपुरधाम । धनुषामा परालले छोपिएको अवस्थामा महिलाको शव फेला परेको छ । धनुषाको धनौजी गाउँपालिका–४ भडरियास्थित आँप बगैँचामा परालले छोपिएको अवस्थामा महिलाको शव फेला परेको हो । मंगलबार स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको अनुसन्धानका लागि कुकुरसहितको टोली लीएर धनुषा प्रहरी घटना स्थलमा पुगेको छ ।