पहिचानवादीले गरे मेची राजमार्ग बन्द

विराटनगर । आफ्ना कार्यकर्ता रिहाइको माग गर्दै पहिचानवादी पक्षधरले आह्वान गरेको बन्दका कारण मेचीका जिल्लामा जनजीवन प्रभावित बनेको छ । मेची राजमार्गमा मंगलबार सवारीसाधन नचल्दा यात्रुहरु गन्तव्य पुग्न पाएका छैनन् । मेची राजमार्गको फिदिम–ताप्लेजुङ र फिदिम–इलाम सडक खण्डमा यातायातका साधन चलेका छैनन् । बन्द आह्वानकर्ताले यातायातका साधनलाई चल्न नदिएपछि यात्रुहरु मर्कामा परेका छन् । प्रदेश…