कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका –७ शान्तिपुरस्थित वातावरण मध्यवर्ती सामुदायिक वनमा हत्या गरिएको अवस्थामा वृद्धाको शव फेला परेको छ । सोही वडाका ६३ वर्षीया नारुदेवी जोशी (नन्दादेवी) को शव फेला परेको हो । हिजो मध्याह्न घाँस काट्न जंगल गएकी जोशी घर नफर्केपछि खोजतलास गर्ने क्रममा आज बिहान ४ बजेतिर हत्या गरिएको अवस्थामा शव फेला परेको…