अछाम । अछामको मेल्लेख गाउँपालिकामा अवस्थित ऐतिहासिक बिमकोट दरबार गाउँपालिकालाई हस्तान्तरण गरिएको छ। बुधबार एक औपचारिक कार्यक्रमका बीच तत्कालीन बिमकोटी राजा जनकबहादुर शाहले दरबारसहित दरबारको नाममा रहेको ६ दशमलव ५ रोपनी जग्गा गाउँपालिका अध्यक्ष ज्वालासिंह साउदलाई हस्तान्तरण गरे । दरबार मेल्लेख गाउँपालिका वडा नं ५ विन्ध्यवासिनीमा अवस्थित छ। दरबारको संरक्षण तथा प्रवर्द्धन अबदेखि गाउँपालिकाले गर्ने…