कर्णाली नदीको तुइन चुँडिँदा एक जना बेपत्ता

हुम्ला । हुम्लाको मध्य भागमा रहेको सर्केगाड गाउँपालिकाको कर्णाली नदी पार गर्ने क्रममा तुइन तान्ने डोरी चुँडिँदा एक जना बेपत्ता भएका छन् । सर्के गाड–२ रिपस्थित ल्याप्चेको (खडीखेत) घाटमा शनिवार साँझ तुइन तर्ने क्रममा ३८ वर्षीय मकरसिंह नेपाली कर्णाली नदीमा खसेर बेपत्ता भएका हुन् । उनी मुगु जिल्ला सोरूँ गाउँपालिका–५ नेरगाउँका रहेको बताइएको छ ।…