सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लामा पर्ने चैनपुर केन्द्रबिन्दु भएर गत मंगलबार अपराह्न ६.३ म्याग्निच्युडको भूकम्प गयो । बझाङको भूकम्पले भारतको दिल्लीसम्म हल्लियो । भूकम्पले गर्दा १ जनाको मृत्यु भयो भने २ सयजति घर पनि भत्किए । बझाङको बित्थडचिर गाउँपालिका पनि उक्त भूकम्पको चपेटामा परेको स्थान हो । यहाँ भौतिक रूपमा त्यति धेरै क्षति नभए पनि स्थानीयमा…