आज यी ठाउँमा चट्याङसहित वर्षा हुने

आज यी ठाउँमा चट्याङसहित वर्षा हुने


काठमाडौं ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव बाकी रहेको छ।

आज (बुधवार) बिहानसम्म कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ।

साथै कोशी र मधेस प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको छ।

बुधवार दिउँसो कोशी , मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

कोसी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा मधेस र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

बुधवार राति कोसी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ। कोसी, मधेस, बागमती प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।