हिँड्ने बाटो पुरिएपछि विद्यालय आवतजावतमा समस्या

हुम्ला । सिमकोट गाउँपालिका–४ मा रहेको हिल्दुम गाउँ र वडा नं ५ को बीचमा सडक निर्माणका कारण बाटो बन्द हुँदा विद्यालय जाने विद्यार्थीलाई आवतजावतमा समस्या भएको छ । खोला नजिकको बाटो माथिबाट डोजरले सडक निर्माण गर्दा हिल्दुम गाउँका विद्यार्थी हिँड्ने बाटो पुरिएको हो । गाउँबाट सदरमुकाम सिमकोटमा पढ्न आउने विद्यार्थी समस्यामा परेको स्थानीय छक्कबहादुर शाहीले…