काठमाडौं । मन्त्रालयहरुले अब प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई सोझै काम लगाउन नपाउने भएका छन् । गत असोज १ मा बसेको सचिव बैठकले मन्त्रालयहरुले आफूखुसी सीडीओलाई विभिन्न नयाँ जिम्मेवारी दिने रोक्ने निर्णय गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार मन्त्रालयरनिकायहरूले पटके निर्णय गररेर प्रमुख जिल्ला अधिकारीलाई जिम्मेवारी दिँदा गृह मन्त्रालयसँग समन्वय गनुपर्ने निर्णय भएको हो…