आन्दोलनका कारण स्थगित भएको २ दिनको पढाइ घटस्थापनापछि गराइने

पोखरा । स्याङ्जाको फेदीखोला गाउँपालिकाले शिक्षक आन्दोलनका कारण स्थगित भएको २ दिनको पढाइ घटस्थापनापछि सञ्चालन गर्न परिपत्र गरेको छ । गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुमा असोज ४ र ५ गते अध्ययन अध्यापन स्थगित हुँदा विद्यार्थीहरुको पढाइमा क्षति पुगेको भन्दै घटस्थापनापछिको २ दिन अध्यापन गराउन गाउँपालिकाले अनुरोध गरेको हो । पत्रअनुसार घटस्थापनापछि असोज २९ र ३० गते…