महानगरकाे २ अर्ब बढी राजस्व उठाउने योजना, ५ शीर्षकमा फरक–फरक स्टिकर

चितवन । भरतपुर महानगरपालिकाले राजस्व स‌ंकलनलाई आक्रामक रुपमा अघि बढाएको छ । महानगर क्षेत्रभित्रका राजस्वको दायरामा नआएकालाई समेत दायरामा ल्याउने गरी अभियान अघि बढाइएको हो । चालु आर्थिक वर्षमा लक्ष्यभन्दा बढी राजस्व स‌ंकलन उद्देश्यसहित अभियान सुरु गरिएको हो । महानगरपालिकाका राजस्व महाशाखाका प्रमुख जगन्नाथ अर्यालका अनुसार गत भदौ २५ गते सूचना जारी गरी १५ दिनभित्र…