विद्यार्थीलाई पढ्ने बानी लगाउन पढाइ मेला

स्याङ्जा । पछिल्लो समय पढाइमा देखिएको अवरोधलाई हटाई विद्यार्थीहरूमा पढ्ने बानीको विकास गराउन वालिङमा पढाइ मेलाको आयोजना गरिएको छ । ५७औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर वालिङमा पढाइ मेला गरिएको हो । रुम टु रिड, (पढ्नका लागि कोठा) र सूर्योदय क्लबको आयोजनामा गरिएको मेलामा विद्यार्थीहरूको उत्साहजनक सहभागिता थियो । पछिल्लो समय विद्यार्थीहरूले पुस्तक पढ्नेतर्फ ध्यान…