झापा । मेचीनगरस्थित वडा ४ मा नेपाल–भारत सीमाको जङ्गेपिलर हात्तीले भत्काएको छ । आलेटुङ्गदेखि माथिल्लो नेपाल–भारतको २६ नम्बरको जङ्गेपिलर हात्तीले भत्काएको हो । वडा ४ का वडाध्यक्ष अर्जुन कार्कीका अनुसार सीमामा हात्ती नियन्त्रणका लागि खटिएको र्यापिड रेस्पोन्स टिम (आरआरटी) ले पिलर भत्केको अवस्थामा देखेपछि वडा कार्यालयमा खबर गरेका छन् । हात्तीले जङ्गेपिलर पूर्णरुपमा भत्काएर क्षति…