नारायणगढ–मुग्लिन सडकका २ पुल दसैँअघि सञ्चालनमा आउने

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा निर्माणाधीन २ नयाँ पुल दसैँअघि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । सो सडकखण्डका १९ वटा पुलमध्ये १५ वटा पुल निर्माणका क्रममा छन् । तीमध्ये एउटा पुल सञ्चालनमा आइसकेको छ भने थप दुई पुल दसँैअघि सञ्चालन गर्नेगरी काम अघिबढेको छ । नागढुंगा–मुग्लिन सडक आयोजना पश्चिमखण्ड (नारायणगढ–मुग्लिन)का आयोजना प्रमुख किरण कार्कीका अनुसार लामोबालुवा…