काठमाडौँ । बजेट अभावका कारण स्थानीय तहहरूले उचित ढंगमा विकासका काम गर्न सकिरहेका छैनन् । आफ्नो बजेटको ठुलो हिस्सा प्रशासन, सामाजिक सुरक्षा भत्ता तथा कर्मचारीको तलबमै सकिने पालिका प्रमुखहरूको गुनासो छ । त्यसबाट बचेको रकमलाई कुनै ठोस योजनामा प्रयोग गर्न पनि हम्मेहम्मे परिरहेको छ । बजेट अभावकै कारण कतिपय पालिकाले अहिलेसम्म आफ्नो प्रशासनिक भवनसमेत बनाउन…